२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

उपमेयर डंगोलले ईःलाई भेटिन्

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् ।

‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ’ आफ्नो अधिकार सीमित रहेको भन्दै उनले अघि भनिन्, ‘आफ्नो ठाउँबाट पहल गर्छु ।’

काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन् । लगातार उभिदा ईःको खुट्टा सुन्निएका छन् ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस