२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

कोशी र मधेश प्रदेशसहित पहाडी भू–भागमा वर्षा

weather forecast nepal today

काठमाडौं । आज देशका पहाडी भू–भागमा मौसम बदली रही हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुँदा देशका पहाडी पहाडी भू–भागमा मौसम बदली रहने छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न पनि सबैलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस