२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

विमानस्थलबाट २.७ केजी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ केजी सुन बरामद भएको छ। शुक्रबार साँझ विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा सो मात्रामा सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

फ्लाइ दुबईको जहाजबाट आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो। प्रहरीका अनुसार बरामद भएको उक्त सुन र ती महिलालाई विमानस्थल भन्सार कार्यलयमा बुझाइएको छ। सुन कहाँबाट ल्याएको भन्नेबारे खुलेको छैन। यसबारे थप अनुसन्धान अघि बढेको बताइएको छ।

यसअघि पछिल्लो पटक प्रहरीले विमानस्थलबाटै ठूलो परिणाममा सुन बरामद गरेको थियो। साउन २ गते हङकङबाट आएको ६१ किलो तस्करीको सुन प्रहरीले बरामद गरेको थियो।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस