२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीका पीएसओकी श्रीमतीको मृत्यु

काठमाडौं । राप्रपाका नेता तथा नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ। गोली लागेर घाइते अवस्थामा भेटिएकी शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो।

शर्मिला यही असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरा (कोठा)मा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन्। प्रहरी बृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि प्रहरी अस्पताल पुर्‍याएको थियो।

शर्मिलालाई गोली लागेको समयमा असई चौधरी भने घरमा थिएनन्। असई चौधरी गोली लोड भएको पेस्तोल लोडेड अवस्थामै राखेर चौधरी बाहिर निस्केको र चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो। घटनाबारे विस्तृत अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस