२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय अनुसार अर्याललाई अर्को व्यवस्था नभएसम्म कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेबारी दिएको हो।

अर्यालले कम्पनीको नायव प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता गरेकी छन्।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस