२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बझाङ भूकम्पका प्रभावितलाई तत्काल ५० हजार उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं, १९ असोज । गत मंगलबार र त्यसपछि विविभन्न समयमा बझाङ र त्यसको आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पमबाट प्रभावित बनेकाहरुलाई सरकारले तत्काल ५० हजार रकम उपलब्ध गारउने घोषणा गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहतिका नेताहरु भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका थिए । उक्त अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट घर भत्किएकाहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने र नयाँ घर बनाउनका लागि २ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए। गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्‍याएको थियो।

प्रधानमन्त्री दाहालले भूकम्पबाट के-कति क्षति पुगेको छ छिट्टै यकिन गरिने बताए। ‘सामान्य मर्मत, प्रबलीकरण वा पुनर्निर्माण के गर्न पर्ने हो निश्चित गरी काम अघि बढाउँछौं,’ उनले भने, ‘भूकम्पबाट पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्छौं।’

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस