२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

रहेनन् चर्चित साहित्यकार प्रकट पंगेनी ‘शिव’

पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। मंगलबार दिउँसो ४ बजेतिर उपचारको क्रममा उनको निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ अस्पताल लगिएको शुभप्रभात साहित्री कुन्जका उपाध्यक्ष कृष्ण मर्सानीले बताए।

‘श्वासप्रस्वासमा समस्या देखिएर लगिएको थियो। किड्नी, फोक्सोमा पनि समस्या भएक्प रहेछ,’ उनले भने।

पंगेनीको बुधबार दिउँसो अन्त्येष्टि गरिने मर्सानीले जानकारी दिए।

उनी प्रेमिल गलज रचनामा माहिर थिए। ‘तगारो छेउ आएर’ उनले रचना गरेको लोकप्रिय गीत हो।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस