२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

३१९ कर्मचारी भर्ना गर्न नेपाली सेनाले माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले प्राविधिक/ हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारी मागेको हो।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो।

सेनाले जारी गरेको सूचनाअनुसार अमलदार कर्मचारी पदमा १४७ जना मागेको छ। विभिन्न पदमा विभिन्न संख्यामा सैनकि कर्मचारीको माग गरिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

दरखास्त दस्तुर प्राबिधिक सुबेदारका लागि ४ सय रूपैयाँ, प्राबिधिक र लेखा जमदारका लागि ३ सय र पण्डित हुद्धालगायत अन्य पदका लागि २ सय रूपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस