२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नवनियुक्त चार राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ

१६ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त चार राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन् । उक्त अवसरमा परराष्ट्र मन्त्री डा आरजू राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस