२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

बेलायत उडे कांग्रेस नेता कोइराला, संसद्लाई सम्बोधन गर्ने पहिलो नेता

Shekhar London

नेपाली कांग्रेसका नेता शेखर कोइराला बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका छन्। उनले बेलायतको संसद भवन वेस्ट मिन्स्टरमा पहिलो नेपाली नेताको रूपमा पुस २९ (जनवरी १३) मा सम्बोधन गर्नेछन्। यसरी सम्बोधन गर्ने उनी पहिलो नेपाली नेता हुनेछन्।

बेलायतमा रहँदा उनले नेपाली कांग्रेस र लेबर पार्टीका नेताहरूसँग भेटघाट गर्नेछन्। उनले बीपी कोइरालाको समयदेखिको नेपाल-बेलायत सम्बन्ध उल्लेख गर्दै, लेबर पार्टीका मन्त्री, सांसदहरूसँग कुराकानी गर्ने योजना बनाएका छन्।

बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी जनवरी ९ मा बेलायत पुगेका हुन्। कार्यक्रममा बेलायतका सांसदहरूको उपस्थिति रहनेछ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस