२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा भेटिए चार सिलिन्डर बम

Mahendra Highway

पूर्वपश्चिम राजमार्गमा मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित मालती पुल नजिक चार वटा सिलिन्डर बम भेटिएका छन्। प्रहरीले जानकारी दिएको अनुसार, यी बम द्वन्द्वकालका रहेका हुन्।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा बमको सूचना आएको थियो। राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा जोखिमको कारण नेपाली सेना र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको थियो।

खोजीका क्रममा जमिन मुनि गाडिएका चार सिलिन्डर बम फेला परेका छन्, जसमा तार पनि रहेको प्रहरीले जानकारी दिएको छ। बमलाई डिस्पोज गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस