स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतमा आइतबार सकिएको छ। लामिछानेको बयान सकिएपछि अब उनका वकिलहरू पक्षमा बहस गरिरहेका छन्।
लामिछानेलाई ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अपचलन गरेको आरोप लागेको छ। यो रकम विदेश पठाएको पनि पुष्टि भएको छ। अब सरकारी वकिल कार्यालय काठमाडौँले थप बहस गर्ने तयारी गरिरहेको छ। अदालतले अब के निर्णय लिन्छ भन्ने चासो सबैको छ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार

