२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

उदण्ड बने रास्वपा कार्यकर्ता : वरिष्ठ अधिवक्तामाथि अदालत परिसरमै आक्रमण प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन्।

सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा बुधबारको थुनछेक बहसपछि अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन्। समर्थकहरूले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो। लामिछानेको मुद्दामा आजै आदेश आउने बताइएको छ।

अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए।

 

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस