काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
लामिछानेको पक्षले धरौटी बुझाउने तयारी गरिरहेको छ। लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा गत बिहीबार छुटेका थिए, जहाँ उनी ८४ दिन हिरासतमा थिए। आइतबार उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जना प्रतिवादी छन्।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार

