२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

राष्ट्रपति पौडेलले आफैं रोकेको भूमिसम्बन्धी अध्यादेश जारी गरे, के के व्यवस्था छन्?

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बुधबार जारी गरेका छन्। पाँचमध्ये बाँकी रहेको यो अध्यादेश जारी भएसँगै सबै अध्यादेश कार्यान्वयनमा आएका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार अध्यादेशले भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६, र मालपोत ऐन २०७६ मा संशोधन गर्दै भूमिहीन जनतालाई लालपुर्जासहित जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ। भूमि आयोगको सिफारिसका आधारमा जग्गा वितरण प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ यो अध्यादेश ल्याइएको हो।

यसले भूमिहीनहरूको जीवनस्तर सुधार गर्दै भूमि व्यवस्थापन र विवाद समाधानमा सहजता ल्याउने अपेक्षा गरिएको छ। यसअघि उनले अध्ययनका लागि भनेर अध्यादेश रोकेका थिए। आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश आज जारी हुने बताएका थिए।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस