२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं किन पुगे ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन्। त्रिभुवन विमानस्थलमा उत्रिएपछि उनले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन आएको बताए।

उनले सरकारले जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्नुपर्ने कुरा उठाए। हिजो उनले भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए, र भोलि सिंहदरबार पुगेर खानेपानीमन्त्री र प्रधानमन्त्रीसँग भेट गर्ने योजना राखेका छन्।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस