रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका अनुसार, आज बयान मात्र सकिएकोले थुनछेक बहस आज नहुने बताए।
लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा बयान दिइएको हो। बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो। लामिछानेसहित १४ जनाविरुद्ध पूरक अभियोग र यसअघिको मुद्दामा २८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो। लामिछाने बयानका लागि मंगलबार भैरहवा आएका थिए।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार

