२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

काभ्रेमा बेकाबु भीषण डढेलो, बस्ती बचाउन सेना परिचालन

काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा रहेको थामलेख सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो नियन्त्रण बाहिर पुगेको छ। भीरालो क्षेत्र भएका कारण नेपाली सेना र नेपाल प्रहरीको प्रयासले पनि आगो निभाउन सकिएको छैन। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आगो मानव बस्तीमा फैलिन नदिन प्रयास भइरहेको र जोखिम देखिए स्थानान्तरणको तयारी गर्न निर्देशन दिएको बताए।

आगोलाई नियन्त्रण गर्न बिहीबार जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुखहरूको बैठक बस्ने तयारी गरिएको छ। यदि स्थलबाट आगो निभाउन सम्भव नभए हेलिकोप्टरमार्फत् संघीय सरकारसँग सहयोग मागिने जनाइएको छ। स्थानीय प्रहरी टोलीहरू सक्रिय रहे पनि आगो हालसम्म बस्तीमा नपुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस