२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

रविको बहस हेर्दाहेर्दैमा : हिरासत जान्छन् कि परिवारको जिम्मा लगाइन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा जारी छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेका थुनछेक बहस आज हेर्दाहेर्दै राखिएको हो, जसको कारण बहस पूरा गर्न सकिएको छैन र भोलि पुनः बहस गरिने छ।

लामिछाने हिजो अदालत उपस्थित भएका थिए, जहाँ उनका बयान र आजबाट थुनछेक बहस सुरु भएको हो। जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेका पक्षमा बहस भइरहेको छ। अदालत स्रोतका अनुसार आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ।

आज सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए र त्यसपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका छन्। अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी भोलि बहस गर्न अदालतमा उपस्थित हुनेछन्।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस