बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितको मुद्दामा जवाफी बहस सम्पन्न भएको छ। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा तारेखमा छोड्ने आदेश आजै दिनेछ।
यसअघि रविलाई सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी प्रकरणमा क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा गरिएको थियो।
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार

