२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रवि लामिछानेले एक करोड धरौटी आजै बुझाएर काठमाडौं आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड धरौटी आजै बुझाउने तयारी गरेका छन् । एक करोड बैंक ग्यारेन्टीका लागि प्रक्रिया सुरु भइसकेको स्रोतले बतायो ।

रविले यसअघि कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा पनि बैंक ग्यारेन्टी पेश गरेका थिए । दुवै अदालतमा प्रभू बैंक ग्यारेन्टी बसेको थियो ।

रुपन्देहीमा पनि प्रभू बैंक नै ग्यारेन्टी बस्न लागेको स्रोतको भनाइ छ । अदालतका तहसिलदार कुमार खड्काका अनुसार बैंक ग्यारेन्टीको तयारी भएकाले आफूहरु कार्यालयमै रहेको बताए ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस