२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

व्यक्तिगत टिप्पणीपछि अध्यक्ष लिङ्देनमाथि रेखा थापाको आक्रोश

काठमाडौं । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्लो निर्णय र विगतका अभिव्यक्तिमाथि कडा आलोचना गरेकी छन्।

राप्रपाको केन्द्रीय समिति बैठकमा उनले महामन्त्री धवलशम्शेर राणालाई बिरामी अवस्थामा पदबाट हटाउनु लिङ्देनको ठूलो गल्ती भएको बताइन्। साथै, बच्चा जन्माउन अमेरिका गएको विषयमा लिङ्देनले दिएको अभिव्यक्ति दुखद भए पनि आफूले त्यसलाई मनमा नराखेको उनको भनाइ रहेको छ।

रेखाले पार्टीभित्र चाकडी र चाप्लुसी रोक्नुपर्ने र नेतृत्वलाई सही तथा गलत कामका लागि स्पष्ट रूपमा जिम्मेवार बनाउनुपर्ने धारणा राखिन्। राप्रपालाई वैकल्पिक शक्ति बनाउन जनमत घट्दै गएको अवस्थाप्रति समीक्षा गर्नुपर्ने उनले जोड दिइन्।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस