काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरूले बैठक बसेर साझा धारणा तय गर्ने जानकारी दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका क्रममा विपक्षी दलहरूको बैठक हुने बताए।
उहाँले भने, “हामीले तुरुन्तै सदन बोलाइँदैन भने विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ।” प्रचण्डले सरकारको जनविरोधी, राष्ट्रविरोधी क्रियाकलाप र आर्थिक संकटलाई थप चर्काउने कदमको विरोध गर्दै विपक्षी दलहरूलाई सामूहिक रुपमा अघि बढाउने योजना पनि बनाएको बताए।
प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार

