२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

समाजवादी मोर्चाले काठमाडौंमा विरोधसभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ।
नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बैठकमा जानकारी दिए अनुसार, चैतको पहिलो हप्तासम्म मधेशमा जनसभा पनि आयोजना हुनेछ।
बैठकमा काठमाडौंमा आयोजना गरिएको सभाको समीक्षा र मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि लिइएको छ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस