काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशको आलोचना गर्दा न्यायाधीश समाजको आपत्ति खण्डन गरेका छन्। त्रिपाठीले न्यायाधीश सार्वजनिक व्यक्तित्व भएकाले तिनीहरूको कार्य र कारबाहीमा स्वच्छ टिप्पणी गर्न पाइने दाबी गरे।
उनले न्यायाधीशलाई सार्वजनिक जबाफदेहिताको पद मान्दै, “न्यायाधीश आफ्नो कार्यका लागि सार्वजनिक निगरानीमा रहने” कुरा उल्लेख गरे।
त्रिपाठीले कास्की अदालतको रवि लामिछानेको धरौटी आदेश र स्वर्णलक्ष्मी सहकारी मुद्दामा आक्रमणको आलोचना गरेका थिए। न्यायाधीश समाजले भने उनलाई मानहानि र अदालतको अपमान गरेको भन्दै विरोध जनाएपछि त्रिपाठीले आफ्नो भनाइ खण्डन गरेका छन्।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार

