२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

विपिनको रिहाइबारे नेपाली दूतावासको प्रतिक्रिया, के हो सत्य?

काठमाडौं । १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको खबर बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ। यस खबरमा विपिनको नाम रिहा हुने बन्धकहरूको सूचीमा रहेको दाबी गरिएको छ।

तर, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताउँदै मिडियाले अनावश्यक रूपमा विपिनको रिहाइको खबर फैलाएकोमा आक्रोश व्यक्त गरेका छन्।

पण्डितका अनुसार, हालैको रिहाइपछि हमासको कब्जामा केवल दुई जना विदेशी, एक थाई र एक नेपाली, बाँकी छन्। विपिनको रिहाइको बारेमा कुनै प्रमाण र आधिकारिक जानकारी नभएको उनले स्पष्ट पारेका छन्।

राजदूत पण्डितले मिडियालाई विपिनको परिवारको भावनासँग खेल्नु नहुने र यस्ता खबरहरू फैलाउने काम नगर्न आग्रह गरेका छन्।

विपिन जोशीको रिहाइको खबर बारे थप जानकारी भने अझै आधिकारिक रूपमा उपलब्ध छैन।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस