२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रचण्ड आज संसदमा किन बोलेनन्?

काठमाडौँ। संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरू सम्बोधन गर्ने परिपाटी भए पनि आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलेनन्।

सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेबहादुर देउवालाई बोल्ने समय दिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सम्बोधन गरे।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आज सत्ता पक्षलाई मात्रै बोल्ने भनेर प्रचण्डले सम्बोधन नगरेका हुन्। उनले अब माघ २४ गते बोल्ने उनको भनाइ रहेको छ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस