२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

नवलपरासीमा डरलाग्दो दुर्घटना : भारतीय नागरिकको मृत्यु, नौ घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

नवलपरासीको दुम्कीबासमा बस र विद्युतीय माइक्रोबस ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारत पश्चिम बंगालका ४० वर्षीय शंकर नामका यात्रु रहेका छन्। दुर्घटना विनयी त्रिवेणी गाउँपालिका–१ स्थित डिभिजन वन कार्यालयनजिक भएको हो। काठमाडौंबाट दाङ जाँदै गरेको बस (रा. १ख ३३६१) र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस ठोक्किएका थिए।

माइक्रोबसमा रहेका सबै यात्रु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। घाइतेहरू स्थानीय अस्पतालमा उपचाररत छन् भने उनीहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस