२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

जब सांसदले न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भने…

काठमाडौं । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। सांसद साहले फेसबुकमा रौतहटका न्यायाधीशलाई ‘नेताका झोले कार्यकर्ता’ भनेर स्टाटस लेखेपछि बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले मुद्दा दायर गरेका थिए।

जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले यो आदेश दिएको हो। न्यायाधीशलाई अपमान गरेको भन्दै साहलाई किन सजाय हुन नपर्ने हो भनी सोधिएको छ। यो विवाद बाटो निर्माणको विषयमा सांसद साह र नगरप्रमुख यादवबीच चलिरहेको छ, जसले गर्दा केही समयअघि स्थानीय गंगाराम बैठालाई थुनामा राख्न आदेश भएको थियो। त्यसपछि साह पक्षले न्यायाधीशमाथि टिप्पणी गरेका थिए।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस