काठमाडौं । कोशी प्रदेशमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलन गर्ने १४ जना पक्राउ परेका छन्। झापाको दमकबाट ८ र धरानबाट ६ जना पक्राउ परेका हुन्। केबलकार निर्माण विरोधका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १९ प्रहरी र ६ प्रदर्शनकारी घाइते भए, केही गम्भीर घाइतेको काठमाडौंमा उपचार चलिरहेको छ।
आन्दोलनकारीहरूले घाइतेको उपचार र विभिन्न माग राख्दै आज कोशी प्रदेश बन्द गरेका थिए। बन्दको प्रभाव ताप्लेजुङ, पाँचथरमा पूर्ण र अन्य जिल्लामा आंशिक देखिएको छ। झापाको दमकमा झडप भएको र प्रहरीले अश्रुग्यास प्रयोग गरेको जनाइएको छ।
प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार

