काठमाडौं । बालुवाटारमा आजको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक अपराह्न पाँच बजे बस्नेछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यो बैठक आयोजना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
यसअघि, सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने तयारी थियो। आजको बैठकमा मन्त्रालयहरूका नियमित एजेण्डाहरूमाथि छलफल हुने बताइएको छ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार

