काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुने थिएन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था सम्बन्धी ठगीको मुद्दामा अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी थियो। तर, वकिलहरूको कार्यव्यस्तताका कारण मुद्दा भोलि मात्रै दर्ता गरिने भएको छ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जनाविरुद्ध र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगमा मुद्दा दर्ता गर्न तयारी गरेको थियो। अनुसन्धानका अनुसार, ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ। सहकारीबाट विभिन्न कम्पनीमा गएको रकम समेत गणना गर्दा कुल ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रहरीको अनुसन्धान अनुसार, सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर रवि लामिछाने छुटेका थिए।
चाहिँ वकिलहरूको व्यस्तताका कारण चितवन जिल्ला अदालत र सरकारी वकिल कार्यालयले भोलि मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। प्रहरीले एक हप्ता अघि सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन र प्रमाणसहित फाइल पठाएको थियो।

