झापाको कनकाई नगरपालिका तुलसीबारीमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् भने उनका भाइ युसुफ आलमलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। नेपाल–भारत सीमा नजिक रहेको उक्त क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रण गर्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको संयुक्त टोली परिचालित थियो। घाइते अञ्जर आलमलाई उपचारका लागि अस्पताल लगिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार

