२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

नेपालमा बेलायती अधिराजकुमारको भ्रमण, राष्ट्रपति पौडेलसँग भेट

नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ। मंगलबार शीतल निवासमा भएको भेटमा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको जानकारी दिनुभयो। उक्त मञ्च आगामी १६–१८ मेमा काठमाडौँमा आयोजना हुनेछ।

अधिराजकुमार एडवार्डले जलवायु परिवर्तनको प्रभावबारे बुझ्न नेपाल भ्रमण महत्वपूर्ण हुने बताउँदै, भविष्यमा युवा तथा महिला सशक्तीकरणमा नेपाल–बेलायत सहकार्य हुनसक्ने धारणा व्यक्त गर्नुभयो।

भेटमा बेलायती सेनाको ‘गोर्खा ब्रिगेड’ का प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गोर्खा’ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो। राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खा सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताउँदै, पूर्वगोर्खाका जायज गुनासा समाधानमा सकारात्मक छलफल भइरहेको उल्लेख गर्नुभयो।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस