२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस दोस्रो दिन पनि जारी छ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासतमा पठाइएको थियो। आज पुनः थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो। बुधबार रविले अदालतमा बयान दिएपछि थुनछेक बहस सुरु भएको थियो।

थुनछेक बहस सकिएपछि अदालतले उनलाई साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेबारे निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस