२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

अध्यादेशमा उपेन्द्रको झट्काले पछि हट्यो सरकार

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन नजनाउने संकेत दिएपछि सरकारले संघीय संसद्मा प्रस्तुत गर्न लागिएको ६ वटा अध्यादेश फिर्ता लिएको छ। ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी ऐन संशोधन अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण’ र ‘लगानी अभिवृद्धि’, ‘सहकारी’ र ‘भूमि सम्बन्धी ऐन संशोधन’ अध्यादेश रहेका छन्।

राष्ट्रिय सभामा आवश्यक संख्या नपुग्ने देखिएपछि सरकार अन्ततः पछि हट्न बाध्य भएको हो। कानुनमन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएपछि दुवै सदनको कार्यसूची फेरिएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस