काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये ४ पुरुष र २ महिला रहेका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब ३:४५ बजे वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार

