२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

आज सर्वोच्च अदालतका सबै सुनुवाइ किन रोकिए ?

काठमाडौं । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार स्थगित भएका छन् । सर्वोच्चका पूर्वन्यायाधीश अरविन्दनाथ आचार्यको निधनपछि फुलकोर्ट बैठक बसेर सुनुवाइ रोकिएको हो ।

८६ वर्ष ९ महिनाको उमेरमा शुक्रबार निधन भएका आचार्य २०१८ सालमा न्याय सेवामा प्रवेश गरेका थिए । २०५९ माघ १ गते सर्वोच्च अदालतको न्यायाधीश बनेका उनले २०६० वैशाख १३ गतेसम्म सेवा गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशको निधनमा फुलकोर्ट बैठक बसेर इजलास नलाग्ने परम्पराअनुसार आइतबार कुनै सुनुवाइ नभएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस