काठमाडौं । भारतको महाकुम्भ मेला जान जाँदै गरेको एक बस दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिकै भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिएका छन्। आइतबार साँझ पाँच बजेतिर रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखी एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ बस सडकबाट तल खसेको हो।
दुर्घटनामा करिब ४० जना यात्रु सवार थिए। घाइते यात्रुहरूको उद्दार गरी मेडिकल कलेज कोहलपुर पठाइएको छ। हालसम्म १५ जनाभन्दा बढी घाइतेलाई उद्दार गरेर कोहलपुरतर्फ पठाइएको प्रहरी चौकी बबईले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप विवरणको पर्खाइ भइरहेको छ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार

