काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले श्रमिक समुदायमाथि भइरहेको जातीय विभेदको अन्त्यको माग गर्दै गृहमन्त्री लेखकको राजीनामा समेत मागेका छन्। उनीहरूले श्रमिक वर्गप्रति सरकार संवेदनशील नदेखिएको आरोप लगाएका छन्। प्रदर्शनमा सहभागीहरूले नारा लगाउँदै श्रमिक अधिकारको सुनिश्चितताका लागि सरकारलाई दवाव दिएका थिए।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

