काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालत जलमग्न भएको छ, जसका कारण चलिरहेको मुद्दाको सुनुवाइ रोकिएको छ।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार बाढी पसेर भुइँतला डुबानमा परेपछि सबै काम ठप्प भएको छ। ‘बिजुली पनि छैन, सबै कर्मचारी र सेवाग्राही अदालतभित्रै रोकिएका छन्,’ उनले भने।
सुरक्षाकर्मीले अदालतभित्र रहेका व्यक्तिहरूको उद्धार गरिरहेका छन्।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार

