२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

सरकारले ल्याएका अध्यादेशहरू छिट्टै पारित हुने गृहमन्त्रीको दाबी

गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेशहरू छिट्टै पारित हुने बताएका छन्। उनका अनुसार, आगामी फागुन ६ गतेको राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइनेछ। सबै सत्तारुढ दलहरूबीच सहमति बनेको र दुवै सदनमा दर्ता भएका अध्यादेशहरू छिट्टै पारित हुने तयारीमा रहेको उनले जानकारी दिए।

शनिबार प्रधानमन्त्री निवासमा सत्तारुढ दल र सरकार समर्थक दलका शीर्ष नेताहरूबीचको बैठकमा अध्यादेशहरू पारित गर्ने बारे छलफल भएको थियो। गृहमन्त्री लेखकले भने, ‘भूमिसम्बन्धी अध्यादेशमा सबै दलहरूको भावना समेट्ने गरी अघि बढ्नेछौँ।’ साथै, लेखकले संविधान संशोधनको विषयमा पनि कार्यदल बनाएर छलफल अघि बढाउने पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस