शनिबार साँझ नयाँ दिल्ली रेलवे स्टेशनमा कुम्भ जाने रेलमा चढ्न ठूलो संख्यामा मानिसहरूको भीड जम्मा हुँदा अचानक भागदौडको अवस्था सिर्जना भयो। भीडका कारण धेरै मानिस निसास्सिएर बेहोस भए र केहीलाई अस्पताल भर्ना गरियो।
रेलवे प्रहरीका अनुसार एक्कासी अत्यधिक भीड बढ्दा निसास्सिने अवस्था उत्पन्न भयो। घटनामा चार जनाको अवस्था अलि नाजुक रहेको भन्दै उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
अहिले रेलवे र दिल्ली प्रहरी घटनास्थलमा स्थिति नियन्त्रणमा व्यस्त छन्। घटना स्टेशनको प्लेटफर्म नम्बर १३÷१४ मा भएको हो। तर, दिल्ली प्रहरीको रेलवे विभागले भागदौडको खण्डन गरेको छ। तर धेरैले बेहोस भएको स्वीकार गरेका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

