२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

सांसदको प्रश्नमा ओलीको जवाफ : ‘रद्द गर्नेले प्रगति खोज्ने अनौठो संस्कार’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार योजनाहरू रोक्ने सरकारकै मन्त्रीले त्यसको प्रगति खोज्नु अनौठो भएको टिप्पणी गरेका छन्।

सांसद प्रकाश ज्वालाको प्रश्नको जवाफ दिँदै ओलीले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरेका रणनीतिक सडक र आधारभूत अस्पताल निर्माण कार्यक्रम सरकार परिवर्तनपछि रोकिनु गलत भएको बताए। उनले ज्वालालाई लक्षित गर्दै, “कार्यक्रम रद्द गर्नेले नै फेरि प्रगति खोज्ने हाम्रो अनौठो संस्कार छ,” भने।

उनका अनुसार हालसम्म रणनीतिक सडक योजनाको ५८ प्रतिशत काम सकिएको छ भने सरकार बाँकी कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस