काठमाडौं । पोखरामा ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहित एकजना विष्फोटक पदार्थ विज्ञ रहनेछन्। समितिलाई १५ दिनभित्र विस्तृत छानबिन प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
शनिबारको घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए। उनीहरू कीर्तिपुर बर्न अस्पतालको आईसीयूमा उपचाररत छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार

