काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सिक्टा र बबई सिँचाइ परियोजनाहरूको समयमै कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए।
उनले नयाँ योजनाका लागि स्रोत सुनिश्चित गर्दा विभिन्न प्रक्रिया पूरा हुने व्यवस्था रहेको जानकारी दिए। सडक र स्थानीय तहमा अस्पताल निर्माणलाई सरकारको प्राथमिकता भनेका प्रधानमन्त्री ओलीले दुई ठूला दलको सरकारको स्थायित्वमा विश्वास उनको छ।
प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पुँजीगत खर्चमा १५ प्रतिशत वृद्धि र कृषकलाई दुध बिक्री रकम छिट्टै भुक्तानी गरिने पनि बताए। पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार

