२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

कीर्तिपुर अस्पतालमा प्रधानमन्त्री, स्वास्थ्य अवस्थाबारे अस्पतालले के भन्यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर बर्न अस्पताल पुगेर जलनबाट घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उनीसँगै पहिलो महिला राधिका शाक्य पनि अस्पतालमा उपस्थित थिइन्। अस्पतालले घाउको अवस्था सामान्य भए पनि सङ्क्रमणको जोखिम रहेको भन्दै भेटघाटलाई रोक लगाएको जनाएको छ। यी दुईजना पोखरा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा बेलुन पड्किँदा घाइते भएका थिए।

साथै, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःम सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भएर उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस