२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

कुम्भ मेलाबाट फर्किंदा दुर्घटना: देवदहका ३ जनाको मृत्यु, ५ घाइते (नामावलीसहित)

रुपन्देहीको देवदहबाट कुम्भ मेला स्नान गर्न भारत गएका तीन तीर्थालुको दुर्घटनामा मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

भारतको उत्तर प्रदेशस्थित आजमगढ-वाराणसी सडकखण्डमा कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी डिभाइडरमा ठोक्किँदा देवदह-९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्माको ज्यान गएको प्रहरीले जनाएको छ।

युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनाग्रस्त हुँदा घाइते हुनेमा कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र भारतीय चालक रितेश दुबे छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि गोरखपुर रिफर गरिएको छ।

फागुन ३ गते ३५ जना तीर्थालु पाँच वटा गाडीमा कुम्भ मेला गएका थिए। नेपाल फर्कने क्रममा आठ जना सवार गाडी दुर्घटनामा परेको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस