२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

प्रकृति मृत्यु प्रकरणः विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई निकाल्यो (आदेशसहित)

भारतको ओडिशा राज्यस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएपछि त्यहाँ तनाव उत्पन्न भएको छ।

भुवनेश्वरस्थित विश्वविद्यालयको होस्टलमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी हुन्। मृत्युको कारण स्पष्ट नभए पनि रिपब्लिक टिभीका अनुसार आत्महत्याको आशंका गरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई एक पूर्वप्रेमीले दुर्व्यवहार गरेको दाबी छ। घटनापछि विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूले निष्पक्ष अनुसन्धानको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सडक अवरुद्ध गर्दै मृतकका पूर्वप्रेमीलाई पक्राउ गर्न माग गरेका थिए।

तनाव बढ्दै गएपछि विश्वविद्यालय प्रशासनले सोमबारभित्र सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिएको छ। विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा मृतक विद्यार्थीको प्रेम सम्बन्ध रहेको हुन सक्ने उल्लेख गरिएको छ।

अहिलेसम्म मृत्युको वास्तविक कारण पत्ता लागेको छैन भने अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस