भारतको ओडिशामा स्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा बुटवलकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको घटनामा नेपाल सरकारले कुटनीतिक पहल थाल्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घटनामा सरकार सक्रिय रहेको र कुटनीतिक तवरले पहल गरिरहेको जानकारी दिएका छन्।
प्रकृति लम्साल बीटेक तेस्रो वर्षकी विद्यार्थी थिइन् र आइतबार साँझ रहस्यमय अवस्थामा मृत फेला परेकी थिइन्। विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवहार गरेको आशंका गरिएको छ।
नेपाल सरकारले घटनाबारे कूटनीतिक कदमहरू चालिरहेको जनाएको छ।
ओलीको फेसबुक स्टाटस हेर्नुहोस्
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।

